सिन्धुपाल्चोक। नेपाली चेली फाउन्डेशनले सिन्धुपाल्चोकका बाढी पिडितहरुको लागि राहत सामाग्री वितरण गरेको छ ।
नेपाली चेली फाउन्डेशनका अध्यक्ष कविता के सि(खाति)को नेतृत्वमा खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।
बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन शनिबार हेलम्बु पुगेको थियोे ।
फाउन्डेशनले चामल,दाल,तेल,नुन सोयाविन मस्यौरा लगायत सामग्री वितरण गरेको हो ।
यस्तै,व्यान्डेज,बेटाटिन,डिटोल,जीवनजल, सिटामोल र व्रोफिन,स्यानिटाइजर, म्याट, तन्ना, साबुन,ग्लोब्स,माक्स,र सेनेटरी प्याड लगायत स्वास्थ्य सामग्री पनि वितरण गरेको छ ।
उक्त राहत सामग्री उषा थापा,निरु गौतम राना,पबित्रा बिष्ट लगायत श्रीमती संगठनले उपलब्ध गराएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गत असार १ गते गएको बाढीपहिरो पीडितलाई थोरै भएपनि राहत होस् भनेर नेपाली चेली फाउन्डेशन र श्रीमती संगठन को संयुत्त पहलमा राहत सामाग्री वितरण गरेको अध्यक्ष कविता के सिले बताइन ।