पुर्नर्बास तथा पुनस्थिापना र पुननिर्माणका लागि सम्पूर्ण स्थानीय तहहरुलाई सहयोगका लागि अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ७ गते, सोमबार ०७:३६

सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा असार १ गते गएको बाढी र पहिरोका कारण थलिएको मेलम्ची नगरपालिकाले बाढी पहिरो प्रभावितहरुका लागि राहत,पुर्नर्बास तथा पुनस्थिापना र पुननिर्माणका लागि सम्पूर्ण स्थानीय तहहरुलाई सहयोगका लागि अपिल गरेको छ।

आज एक अपिल पत्र जारी गर्दै मेलम्ची नगरपालिकाले दुखको घडिमा सबैले साथ सहयोग गर्न भनेको छ।
अपिल पत्र जारी गर्दै नगरप्रमुख डम्बर बहादुर अर्यालले सहयोग रकम पठाउन नेपाल बैंक लिमिटेडको खाता नम्वर पनि सार्वजानिक गरेका छन्।

सहायता भएको रकम सहि र पारदर्शी ढंगले बाढी पहिरो प्रभावितहरुका लागि रहात, पुर्नर्बास तथा पुनस्थिापना र पुननिर्माणका लागि खर्च हुने प्रमुखले जारी गरेको अपिल पत्रमा उल्लेख छ।

बाढी र पहिरोका कारण मेलम्चीमा हाल सम्म ५०० परिवार विस्थापित भएको,ईन्द्रावती र मेलम्ची खोलाले अहिले सम्मपनि कटान गरिरहेको उक्त पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै मेलम्ची नगरपालिकाको गौरबको योजनाहरु मेलम्ची सिटी पार्क, बस पार्क, फोहोर मैला प्रशोधन केन्द्रको नाम निसाना समेत नरहेको र बाटो, पुल, झोलुङे पुल, सिंचाइर्य नहर र खानेपानी जस्ता सार्वजानिक संरचनाहरुमा ठूलो क्षति पुगेको उल्लेख छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु