दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाढीपहिरो पीडितलाई रसियाबाट समाजसेवी पाण्डे परिवारको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ८ गते, मंगलवार १७:५६

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गत असार १ गते गएको बाढीपहिरो पीडितलाई रसियाबाट समाजसेवी रामबाबु पाण्डेले सहयोग गरेका छन।

नुवाकोट जिल्ला विदुर नगरपालिका १० गेर्खुटार जन्मभुमी भई लामो समय देखी रसिया लाई कर्मभुमी बनाउदै आउनु भएको पाण्डे परिवारले पिडित थोरै भएपनि राहत होस् भनेर नेपाली चेली फाउन्डेशन सहकार्यमा पहिलो चरणमा २२ हजार र थप १० गरि ३२ हजार सहयोग गरेका छन।

विभिन्न सामाजिका काममा सक्रिय हुदै आएका पाण्डेले नेपाली चेली फाउन्डेशनको पहलमा खाद्यान्न तथा स्वास्थ्य सामग्रीको लागि रकम सहयोग गरेका हुन् ।एनआरएन सदस्य समेत रहेका पाण्डेले नेपाली चेली फाउन्डेशनको सहकार्यमा विभिन्न अभियानहरुमा समेत आर्थिक सहयोग गदै आइरहेका छन् ।

पाण्डेले प्राकृतिक विपत्तिको चपेटामा परेकाहरुलाइ आगामी दिनहरुमा समेत आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । रसियामा १७ बर्ष देखि ब्यबसाय गरि बसि रहनुभएका पाण्डेको परिवार नै समाजसेवामा लागेको निकै समय भैसकेको छ ।

नेपाल हाम्रो घर हो नेपाली हाम्रो परिवार हो भन्ने भावले नेपालको बिभिन्न प्राकृतिक प्रकोप , सडक असाय,दिन दुःखिहरूलाई सहयोग गर्दै आएको छ। पाण्डेको श्रीमति कमला रावल पाण्डे पनि समाजसेवामा केन्द्रित छिन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु