• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    ग्राण्डीमा पिसिआर परिक्षण गराउनेको संख्यामा वृद्धि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७८, मंगलवार २०:१८

    काठमाडौँ, ८ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा पिसिआर परिक्षण गराउनेको संख्यामा वृद्धि भएको छ ।

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि अस्पतालमा आएर पिसिआर परिक्षण गर्नेको संख्यामा वृद्धि भएको हो ।

    अत्याधुनिक पिसिआर परिक्षण ल्याव स्थापना गरेर जेठ १२ गतेदेखि पिसिआर परिक्षण सुरु गरेको ग्राण्डीमा गत बिहिबारसम्म एक हजार ३२० व्यक्तिले पिसिआर परिक्षण गरिसकेका छन् ।

    ग्राण्डी अस्पतालमा गरेको पिसिआर परिक्षणलाई विदेश भ्रमणमा जानका लागि सरकारले मान्यता दिएसँगै उक्त अस्पतालमा पिसिआर परिक्षण गर्न आउनेको संख्या बढेको हो ।

    ग्राण्डीले सरकारले तोकेको शुल्कभन्दा कम शुल्कमा पिसिआर परिक्षण गरेसँगै पिसिआर गराउनेको संख्यामा वृद्धि भएको हो । ग्राण्डीले पिसिआर परिक्षणका लागि घरघरमा पुगेर स्वाव समेत संकलन गर्दै आएको छ ।

    अस्पतालमा आएर पिसिआर परिक्षण गराउनेलाई रु एक हजार ५०० र घरमा पुगेर स्वाव संकलन गरेको ग्राण्डीले दुई हजार लिँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु