हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • दुग्ध व्यवसाय आवातजावतमा जोरविजोर लागू नगर्न डेरी एसोसिएशनको माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ असार २०७८, बुधबार १७:४५

    काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुध तथा दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई जोरबिजोर प्रणाली नलगाउन प्रशासनसँग माग गरेको छ ।

    एसोसिएशनले आज प्रेस विज्ञप्ती जारी गरी योभन्दा पहिला भएका निषेधाज्ञामा तोकिएको समयभित्र बिनारोकतोक आवातजावत गर्न दिइरहेकोमा यहि असार ८ गतेबाट लागू गरिएको नियम अनुसार गाडीमा जोरबिजोर प्रणालीले अति आवश्यक वस्तुको ढुवानीमा समस्या भएकोे जनाएको छ । अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालद्धारा जारी विज्ञप्तीमा एसोसिएशनले यातायातमा सहजीकरण गरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
    एसोसिएशनले हरेक दिन व्यवसाय सञ्चालन गर्नैपर्ने र उद्योगमा धेरैवटा गाडी पनि नहुने बाध्यता भएकोले तत्काल बिक्री वितरण नगरिए दूधजस्तो अति संबेदनशील कुरा चाँडै विग्रने पनि जनाएको छ । एसोसिएसनले यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोमा आपत्तिसमेत जनाएको छ । एसोसिएसनले आफ्नो कामलाई एम्बुलेन्स सरह मान्यता दिन पनि माग गरेको छ ।

    एसोसिएसनले आफ्ना सवारी साधनहरुले पनि सरकारले जारी गरेको आदेश अनुरुप सबैखाले सुरक्षाका उपाय अपनाएको पनि स्पष्ट पारेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु