आन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ९ गते, बुधबार १९:२६

९ बैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बन्द गरिएको आन्तरिक तथा बाह्य उडान अब भने सुचारु हुने भएका छन् ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य उडान सुचारु गर्ने निर्णय गरेसँगै असार १७ गतेबाट आन्तरिक तथा स्वास्थ्यका मापदण्ड अपनाएर भोली देखि नै बाह्य उडान गर्ने निर्णय भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा बुधबार जारी सूचना अनुसार १ जुलाई (१७ असार) बाट आन्तरिक तर्फका नियमित उडान हुने छन् भने अन्तराष्ट्रिय अडानको हकमा भने मन्त्रालय तोके अनुसार विभिन्न रुटमा भोली (बिहीबार) देखि उडान सुरु हुनेछन् ।

मन्त्रालयका अनुसार जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कूल उडानको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान तथा अन्तराष्ट्रिय उडानका हकमा उल्लेखित तालिका अनुसार मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरेको छ ।

मन्त्रालयद्धारा जारी सूचना अनुसार बिहीबार (२३ जुलाई) मा नेपाल एरयलाईन्सको जहाजले कतारको दोहा र टर्कीस एयरलाईन्सको जहाजले इस्तानुबुलबाट उडान गर्नेछन् ।

यस्तो छ अन्य तालिका

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु