आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • पछिल्लो २४ घण्टामा देशैभरी २५१८ जना कोरोना संक्रमणबाट मुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० असार २०७८, बिहीबार १८:४२

    १० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,४७४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७,२५३ पिसीआर र ४,९९७ ऐन्टिजेन गरी १२,२३२ नमुना परीक्षणमा २,४७४ जना संक्रमित थपिएका हुन् ।

    आज भक्तपुरमा ३३,ललितपुरमा ६८ र काठमाडौंमा २३४ गरी उपत्यकामा ३३५ जनामा संक्रमण पुष्टि भएको छ ।

    नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना र ऐन्टिजेन विधिबाट २९ हजार ९३४ गरी कूल ६ लाख ५९ हजार ३६५ जना संक्रमित भएका छन् । साथै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ६५ हजार २९१ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५१८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका २४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,९१८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा हाल ४९ हजार ५५४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४६,५०२ र संस्थागत आइसोलेशनमा ३०५३ जना रहेका छन् ।

    त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७३६ र भेन्टिलेटरमा २०७ जनाको उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु