काठमाडौं । लकडाउनमा मानिसहरुले त विभिन्न ढंगले दैनिक गुजारा चलाइरहेका छन् । उनीहरु आफूलाई अप्ठेरो परेको बेला माग्न र बोल्न सक्छन् तर बोल्न र भन्न नसक्नेको पीडालाई सम्वोधन गरेका छन् निशान्तजंग शाहीले ।
काठमाडौंका उनले कोरोना भाइरसका कारण भएको लकडाउनबाट धेरै मानिसहरु पीडित भएकाले आफ्नो तर्फबाट सहयोग गरेको जनाएका छन् । उनले सबैको समन्वय र सहयोगबाट नै हरेक प्रकारको समस्या समाधान हुने विश्वास पनि लिएका छन् । उनले राहतको अभियान चलाउनेलाई पनि सहयोग गरेका छन् । धेरैजसो ठाउँमा गएर उनी आफैंले खानेकुरा बाँडेका छन् ।
उनले जनावरहरुको पीडा कसैले नबुझेकाले आफूले त्यो वर्गलाई विशेष ध्यान दिएको बताए । उनले सडकमा रहेका जनावर, विभिन्न ठाउँमा रहेका बाँदरलाई खाना खुवाएका छन् । उनले यो आफ्नो सामाजिक अभियान निरन्तर चलिरहने जनाए । बीबीए पढ्दै र नेशनल स्टार हाइस्कुल सोह्रखुट्टेमा पढाउँदै आएका उनले सामाजिक कार्यमा पनि सक्रियता देखाउँदै आएका छन् ।