एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

सामाजिक सञ्जालमा नकारात्मक सूचना आएकोमा सिम्फोनी पब्लीकेसनको ध्यानाकर्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १२ गते, शनिबार ११:४०

काठमाडौँ, १२ असार । सिम्फोनी पब्लिकेसन प्रालिले सामाजिक सञ्जालमा नकारात्मक सूचना सम्प्रेषण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पब्लिकेसनका व्यवस्थापक महेश पाण्डेले शुक्रबार एक विज्ञप्ती जारी गरी विगत केही दिनदेखि सिम्फोनी पब्लिकेसन प्रालिको नाम प्रकाशित गरी विभिन्न सामाजिक सञ्जालमा आएका नकारात्मक सूचनाप्रति ध्यानाकर्षण भएको बताउनुभएको हो ।

विस २०७१ सालदेखि निरन्तर सञ्चालनमा आएको पब्लिकेसनलाई निजी स्वार्थका लागि बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी आएको सो पब्लीकेसनले जनाएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित पहिलो र दोस्रो चरणको कोरोना सङ्क्रमणबाट नेपालको शिक्षा क्षेत्रमा ठूलो चुनौती देखा परेको वर्तमान अवस्थामा पब्लिकेसन क्षेत्रमा समेत चुनौती परेको अवस्थामा भ्रामक सूचना सम्प्रेषण हुनु दुखद भएको बताइएको छ ।

“कोरोना महामारीकै कारण पुस्तक प्रकाशनमा केही ढिलाइ भइरहेको वर्तमान अवस्थामा केही पुस्तक पसल र विद्यालयले सिम्फोनी प्रकाशनबाट छापिएका पुरानै किताबहरु प्रयोगमा ल्याएको खबरले हामीलाई दुःखित बनाएको छ,”– पब्लीकेसनद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

उक्त प्रकाशनले आफ्नो पब्लीकेशनबाट प्रकाशित पुराना पुस्तकहरु विक्रि वितरण र प्रयोग आगामी दिनमा नगर्न÷नगराउन सम्पूर्ण पुस्तक पसल तथा विद्यालयलाई यसअघि नै आग्रह गरिसकेको र बाँकी भएका पुस्तक फिर्ता पठाउन सूचना पठाइसकिएको बताएको छ । कसैसित त्यस्ता पुस्तक भएमा सिम्फोनी पब्लिकेसनमा फिर्ता पठाइदिनहुन सबैलाई आग्रह समेत गरेको छ ।

सो पब्लिकेशनले पूर्व प्रकाशित पुस्तक कसैले पढ्न चाहेमा सिम्फोनी पब्लिकेसनले विद्यार्थी तथा शिक्षकको सहजताका लागि ‘डब्लुडब्लुडब्लु डट द क्रियशन डिजाइन डट कम डट एनपी’मा पुस्तकसमेत निशुल्क डाउनलोड गरेर हेर्न र पढ्नसक्ने व्यवस्थासमेत मिलाएको छ ।

सो पब्लिकेसनले आफ्नो प्रकाशनको आधिकारिकता नबुझी हल्लाको भरमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन नगर्न समेत सबैलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु