ललन कुमार चौरसिया
असार,१२ रौतहट। नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन निशेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई छाँया नेपाल नामक संस्थाले राहत प्रदान गरेको छ ।
कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा जीवन निर्वाह गर्न कठिन भएको छ।
धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर छाँया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न पिडित परिवारलाई खाध्यान्न बितरण गरिएको छ ।
संस्थाले जिल्लाको परोहा र गौर नगरपालिका भित्र रहेको अपाङ्गता,विपन्न,दैनिक जीवन निर्वाह गर्न कठिन भएका र नेपाल भारत मैत्री अनाथ आश्रम लगायतलाई दैनिक प्रयोग गरिने नुन,तेल चामल,दाल,चिनी,साबुन,लगायतका खाध्यान्न हस्तान्तरण गरिएको खबर बिशेश मिडिया प्रा.लि.का अध्यक्ष राजेश साहले बताउनु भयो।
राहत हस्तान्तरण कार्यक्रममा छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाले -कोरोना एक महामारी भएकाले यसलाई परास्त गर्न सरकार र जनस्तरबाट उत्तिकै पहल हुनुपर्नेमा जोड दिदैं यस संकटको बेला सबैले हातेमालो गर्दै अगाडी बढनु पर्नेमा जोड दिनु भयो ।
संस्थाले रौतहट,लगायत अन्य बिभिन जिल्ला सहयोग गरिरहेको पनि थापाले जानकारी दिनुभयो ।