काठमाडौं । टोखा नगरपालिकामा रहेको भगवती क्लवमा ईन्द्रराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार भएको १४ अधिवेशनमा सर्वसम्मतिबाट क्लवको वरिष्ठ उपाध्यक्षमा हरिभक्त श्रेष्ठ, महासचिवमा दीपेन्द्र्र डंगोल, कोषाध्यक्षमा गणेशलाल श्रेष्ठ, सदस्यहरूमा सुक नारायण डंगोल, रामकृष्ण श्रेष्ठ र गणेशमान श्रेष्ठ चयन भएका छन् । नयाँ नेतृत्व चयन भएपछि बसेको पहिलो बैठकले क्लवलाई नयाँ ढंगले अघि बढाउने निर्णय गरेको महासचिव डंगोलले जानकारी दिए ।
खेलकुद क्षेत्रमा केही काम गर्ने उद्येश्यले गठन गरिएको क्लवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको पूर्व अध्यक्ष मनिष जोशीले बताए । जोशीले खेलाडीलाई प्रोत्साहनका साथै पटकपटक सम्मन पनि गरिँदै आएको जनाएका छन् । क्लवले खेलकुदका साथै स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको पूर्व अध्यक्ष जोशीको भनाई छ ।