गोरखा, १५ असार । इञ्जिनीयर हरिराम दवाडीको पहलमा अजिरकोट गाउँपालिका–३ मा रहेको भच्चेक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेपछि कोरोना संक्रमितको उपचारको सहजताका लागि स्वास्थ्य आज स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
वायोमेडिकल इञ्जिनीयर दवाडीको पहलमा भच्चेक पु¥याइएको सामान सामान इञ्जिनीयर दवाडीका बुबा एवम् अजिरकोट गाउँपालिका वडा नं ३ का वडा सदस्य अङ्गराम दवाडीले वडा नं ३ का वडा अध्यक्ष तयाराज गुरुङलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रमाया गुरुङ, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, इन्जिनीयरका दाजु एवम् सफल व्यवसायी सुरेश दवाडीको समेत सहभागीता रहेको थियो ।
गोरखाको उत्तरी क्षेत्रमा रहेको भच्चेक स्वास्थ्य चौकी विस २०३४ सालमा स्थापना भएको हो । इञ्जिनीयर दवाडीको पहलमा पाँच थान अस्पताल शैया, पाँच थान म्याटटेस, पाँच थान सिरानी, पाँच थान वेड कभर, पाँच थान अक्सिजन सिलिण्डर र पाँच थान रेगुलेटर रहेको छ ।
सहयोग गरिएका स्वास्थ्य सामाग्रीमध्ये अक्सिजन सिलिण्डर भने अक्सिजन फर नेपालले सहयोग गरेको छ । यस्तै, प्राविधिक सहयोग वायोमेडिकल इञ्जिनीयरिङ फाउण्डेशन नेपाल (विफोन)का अध्यक्ष विकास श्रेष्ठले गर्नुभएको छ ।
अजिरकोट गाउँपालिका वडा नं ३ काफलडाँडामा जन्मनुभएका इञ्जिीनियर दवाडी नेपाली काँग्रेसले गठन गरेको केन्द्रीय बायोमेडिकल टिमको संयोजक समेत हुनुहुन्छ ।