दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तीन दिने मनोपरामर्श तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १६ गते, बुधबार १७:३१

रामेछाप १६,असार । रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भयो । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला ,महिला स्बास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा मनोसामाजिक समस्यामा वृद्धि आएको र मानसिक स्बास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अबस्थामा पनि सामाजिक दुरि कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताउनु भयो । मनोसामाजिक परामर्शका कार्यक्रमहरु आगामी दिनहरुमा नगरपालिकाका सबै वडाहरुमा संचालन गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । तालिमको सहजिकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।
रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले घरेलु हिंसा , यौन दुर्व्यवहार , अपराधका कतिपय घटनाहरु मनोसामाजिक समस्या तथा मानसिक रोगका कारणले पनि हुने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत रामचन्द्र लामगादेले अहिलेको अबस्थामा कार्यक्रम अति नै समय सान्दर्भिक भएको , रामेछाप नगरपालिका भित्र पहिलो पटक यस्तो प्रकारको तालिकको आयोजना गरिएको र आगमी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्नु आबस्यक रहेको अौल्याउनु भयो ।
कार्यक्रममा पचास जना भन्दा बढिको सहभागी रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु