दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवआगन्तुक वृत्त प्रमुखहरू लाई सामुदायिक सेवा केन्द्र टुँडालदेवीको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १७ गते, बिहीबार १२:२७

१७ असार,काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी बालुवाटारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपानेको सभाध्यक्ष र काठमाडौ महानगर पालिका ४ वडाअध्यक्ष मोहन बहादुर बिष्टको प्रमुख अतिथिमा केन्द्रको कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा भर्खरै सरूवा भई आउनु भएका महानगरीय प्रहरी वृत्त मालीगाउँ र महाराजगन्जका प्रमुख प्रनाउ हरूलाई स्वागत गरेको छ।

महानगरीय प्रहरीवृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक मीन बहादुर कुवर वृत्त महाराजगन्जका प्रहरी नायव उपरीक्षक प्रमेश बिष्ट लाई स्वागत तथा शुभकामना व्यक्त गरिएको थियो।

स्वागतसभालाई सम्बोधन गर्दै केन्द्रका अध्यक्ष न्याैपाने ले नवआगन्तुक प्रमुख लाई सामुदायिक सेवा केन्द्र टुँडालदेवीको स्वागत गदै कोरोनाको जोखिमका बिचमा सामाजिक दुरी कायम गर्दै बिगतलाई झै निरन्तरता दिन परिचात्मक तथा स्वागत कार्यक्रम औपचारिक रूपमा गरिएको जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुखअतिथि वडाअध्यक्ष मोहन बहादुर बिष्ट र दुबै वृत्त प्रमुखहरूले समय सान्दर्भिक भनाइ हरू राखेका थिए।

सामुदायिक केन्द्रका सल्लाहकार,वडा सदस्य दिनेश महर्जन नेपाल सरकारका पुर्ब सचिव,प्रहरी का पुर्बप्रमुख,क्लबका अध्यक्ष साथै समाजसेवी हरूको सिमित मात्रमा उपस्थिति रहेको थियोे ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव मीन प्रसाद पौडयालद्वारा संचालन र टुँडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा ले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु