एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

पछिल्लो २४ घण्टामा देशैभरी ३८५५ जना कोरोना संक्रमणबाट मुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १७ गते, बिहीबार १७:२०

१७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २७६० जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ७,१३० पिसीआर र ३८६६ ऐन्टिजेन गरी १०, ९८५ नमुना परीक्षणमा २७६० जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा २९, ललितपुरमा ७४ र काठमाडौंमा ३१६ गरी उपत्यकामा ४१९ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको तुलनामा बिहीवार उपत्यकामा संक्रमित हुनेको संख्या केही कम भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ४० हजार ६६२ जना र ऐन्टिजेन विधिबाट ३५ हजार ८४७ गरी कूल ६ लाख ८४ हजार ७३४ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३८५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३८५५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९३.७ प्रतिशत हो । मन्त्रालयका अनुसार नेपालमा अव ७.३ प्रतिशत मात्र सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,१४५ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ३१ हजार ३६८ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २८ हजार ३७४ र संस्थागत आइसोलेशनमा २९९४ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६२९ र भेन्टिलेटरमा १८१ जनाको उपचार भइरहेको छ । बुधवारको तुलनामा आज भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही बढेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु