काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा सबैजसो मानिस घरभित्रै बसे तर हाल टोखा ०८ बाँनियाटारका कृष्ण बहादुर राउत भने सधैं राहत वितरण र जनताको उद्धारमा नै लागिरहे ।
उनलाई पनि कोरोनाको डर थियो,लागिहाल्यो भने संकटमा परिन्छ भन्ने थियो तर पनि सक्रियता देखाउन छोडेनन् ।उनी कहिले आफ्नै गाउँ सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका ०४ मा रास्ट्रीय प्रजातान्त्रिक ट्रेड युनीयन महासघ नेपालकाे सहयोगमा राउत क्षेत्री कुलायन सेबा समिति मा रहेको सामुदायिक स्वास्थ्य चाैकी, पिप्ले स्वास्थ भबनमा लगाएत ट्रेड युनीयन महासंघमा आवद्ध श्रमिकहरुलाई स्वास्थ्य सामाग्री बितरण गरिरहेका छन।
अहिले सिन्धुपाल्चोक मेलम्चीको बाढीमा परेर विचल्लीमा परेकाहरुका लागि थोरै भए पनि सहयोग होस् लागिरहेको छु। उनि आफूलाई केहीको पनि लोभ नभएको तर समाजसेवा भने गरिरहने बताउँछन् । ‘
रा.प्र.पा.केन्द्रिय सदस्य,रास्ट्रीय प्रजातान्त्रिक ट्रेड युनियन महासङ नेपाल काे महासचिव , साम्बो महासंघका उपमहासचिव हुनुहुन्छ ।
राहत बाँड्न सक्ने गरी मेरो पनि प्रशस्तै सम्पत्ति छैन तर मेरो मन ठूलो छ,यसमा नै गर्व गर्दछु’ उनले भने‘यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गरेर यो समस्याको निकास दिन लाग्नुपर्छ ।’