• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    अग्रज सहकारी अभियान्ता बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० असार २०७८, आईतवार ०६:४६

    काठमाडौं-नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व, सहकारी अभियान्ता दिपक प्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित भएका छन् ।

    ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले नगद पचास हजार सहित दोसल्ला ओडाई बाँस्कोटालाई सम्मानित गरेका हुन । ६४ औं राष्ट्रिय सहकारी दिवस (चैत २०)को अवसरमा राष्ट्रिय सहकारी महासंघ, नेपालले उनलाई सो राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको थियो ।

    बाँस्कोटाले नेपालको सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ । सहकारी ऐन–२०४८ र नियमावली निर्माण उनैको नेतृत्वमा भएको थियो । समुदायको सामाजिक आर्थिक विकासमा सहकारी जस्तो शसक्त माध्यम नभएको निष्कर्ष विदेश भ्रमणबाट निकालेपछि राजनीतिलाई अल्पविराम दिएर उनले जनतासँग प्रत्यक्ष जोडिएको सहकारी अभियानमा पूर्णत होमिएका थिए । उर्जा र शिक्षा सँगालेका युवा अनि नवीन र पहुँचयोग्य प्रविधिको उपलब्धताले सहकारीलाई समाजवादको सारथी बनाउन सकिने उनको भनाई छ ।

    बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष हुन । उनी सहकारी प्रारुपमा पाँचथरमा सञ्चालित कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष, महर्षि फाउन्डेशनका अध्यक्ष लगायत अन्य केही उद्योग व्यवसाय र सामाजिक संघ संस्थाहरुमा प्रत्यक्षपरोक्ष संलग्न छन् । उनी हाल सहकारीबाट सञ्चालित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको पनि अध्यक्ष छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु