एनआरएनए अमेरिकाको १० औं साधारणसभा सम्पन्न, अध्यक्ष सुबेदी नेतृत्वको कार्यसमितिद्धारा सपथ ग्रहण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २१ गते, सोमबार ११:०५

काठमाडौं । गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा जुलाई ३–४, २०२१ न्यूयोर्कको शेराटन होटलमा आयोजना गरिएको थियो । पहिलो दिन उद्घाटन सत्र अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा युवराज खतिवडाले प्रमुख अतिथिको आसनबाट एनआरएनए एनसीसी अमेरिकाको १० औं साधारणसभा सुरु भएको घोषणा गर्दै कार्यक्रम अगाडि बढाएका थिए ।

उद्घाटन मन्तब्यमा महामाहिम डा खतिवडाले एनआरएनए एनसीसी अमेरिकाको सुरुवातको बेला अधिवेशन गर्नेबेला आफू सहसंयोजक रहेको खुलासा गर्दै आफूले छोटो समयमा पनि एनसीसी अमेरिकासँग भएको सुमधुर संबन्धले आफू खुशी रहेको कुरा बताए । त्यसैगरी पहिला अमेरिकनहरु नेपालमा काम गर्न जानुहुन्थ्यो अहिले नेपाली मुलका पहिलो जेनेरेशन नै यहाँको राजनीतिमा सफल भएको देख्दा आफू खुसी भएको बताए अन्तमा ब्रेन गेन र अन्य थुप्रै कुराहरु राखेर साधारणसभा सफलताको शुभकामना दिए ।

साधारणसभामा एनआरएनए अन्तराष्ट्रिय परिषदका उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा, रबिना थापा र सचिव गौरी जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, महिला संयोजक उमा थापाले शुभकामान मन्तब्य राखेका थिए। शुभकामान मन्तब्य राख्नुहुनेहरुमा मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा केशब पौडेल, पूर्व अध्यक्ष तथा संरक्षक खगेन्द्र जिसी, निर्वाचनका उपविजेताहरु समेतले शुभकामना मन्तब्य राख्दै पहिलो सेसन सम्पन्न भएको थियो।

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएसँगै नवनिर्वाचित अध्यक्ष बुद्दिसागर सुबेदीले दिए यस्तो सन्देश (सन्देशसहित) दोश्रो सेशनमा निर्वाचित भएका ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित निर्वाचित एनसीसी कार्यसमितिलाइ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त विश्वो बरालले सपथ ग्रहण तथा पदभार ग्रहण गराएका थिए । सो अबसरमा निर्वाचन आयोगका आयुक्तहरु बाशु फुलारा, शिव पौडेल, कुलमणी आचार्य र गोविन्द श्रेष्ठ समेत उपस्थ्ति थिए ।

भएका ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित र आउट गोइन सबैजसो, प्रमुख संरक्षक तथा संरक्षकहरु, एनआरएनए एनसीसी अमेरिकाको आउट गोइन र निर्वाचित कार्यसमिति, पंजीकृत सदस्य तथा प्रतिनिधि, पत्रकार र संचारकर्मी, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।त्यसैगरी नेपाली जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्ट, बरिष्ठ उपाध्यक्ष धनन्जय नर्सिङ केसी, महासचिव मुनिन्द्र नेम्बाङ्गलगायत अरु थुप्रैको उपस्थिति रहेको थियो।

जुलाई ४, २०२१ नयाँ कार्यसमितिको बैठक बस्नेत, प्रवक्ता, सल्लाहकार लगायतको मनोनयन, योजना तर्जुमा लगायतको कुरामा निर्णय गर्ने भएको छ। जुलाई २ को राज्य च्याप्टर नाइटमा नै नयाँ कार्यसमितिले आफ्नो भवन बनाउन फण्ड रेज सुरु गरेको छ।

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुबेदी निर्वाचित, को–को भए नयाँ कार्यसमितिमा निर्वाचित ? (मतपरिणाम सहित)सपथग्रहण कार्यक्रमलाई रोक्न एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, महासचिब पशुपति पाण्डेलगाएतले आईसिसि सचिब गौरी जोशीको निर्देशनमा होहल्ला गरेका थिए । आईसिसि सचिब जोशीले आफ्ना उम्मेदवार कृष्ण लामिछानेलाई साम, दाम, दण्ड, भेद प्रयोग गरेर पनि जिताउन नसकेपछि उनि यो अधिबेसन नै भाँड्न योजनाबद्द रुपमा अग्रसर भएका थिए ।

सचिब जोशीलाई आजकल एनआरएनए आईसिसि आफुले नै चलाएको र आफुले जे गर्दा पनि हुन्छ भन्ने घमण्ड रहने गरेको उनीनिकटहरु नै बताउँछन । जोशीले एनआरएनए आइसिसिका केही पदाधिकारीको आडमा दादागिरी गर्दै आएको एनआरएनएहरुबीच नै चर्चा हुँदै आएको छ । उनले एनआरएनएमा आफुभन्दा माथिका पदाधिकारीलाई नै नमान्ने गरेको बताइन्छ । जोशीले सँस्थाको अध्यक्ष कुमार पन्त आफुले भनेको मान्ने ,उपाध्यक्ष बद्रि केसि र महासचिब हेमराज शर्मा आफ्नै टिमको भएकाले जे भन्दा पनि जसो भन्दा पनि हुने भन्दै एनआरएनए आफ्नो ईशारामा चलाएको र अझै केहि कार्यकाल यसरी नै अगाडी बढाउने एनआरएनएका अग्रजहरुलाई नै बताउने गरेका छन

सपथ ग्रहणका विषयमा साधारणसभामा जोशीले विवाद श्रृजना गरेपछि एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा केशब पौडेल, खगेन्द्र जीसी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल, संयोजक राजन त्रिपाठी र अन्तराष्ट्रिय उपाध्यक्ष सोनाम लामाले पनि स्थिति सामय पार्न सहयोग गरेका थिए ।अन्तमा सबै स्थिति शान्त भएर अध्यक्ष बुद्धि सुबेदीलाइ निर्वाचन आयोगका प्रमुख आयुक्त विश्व बरालले सपथ ग्रहण गराएर प्रमाण पत्र प्रदान गर्दै पदभार ग्रहण गराएका थिए। । साथै उनले निर्वाचनको सबै प्रक्रिया सम्पन्न भएकाले उपरान्त २०१९ को कार्य समिति निवर्तमान भएको घोषणा पनि गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु