• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    पछिल्लो २४ घण्टामा देशैभरी २२११ जना कोरोना संक्रमणबाट मुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ असार २०७८, सोमबार १८:३८

    २१ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २६२२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७४९९ पिसीआर र ४०२८ ऐन्टिजेन गरी ११,५२७ नमुना परीक्षणमा २६२२ जना संक्रमित थपिएका हुन् ।

    आज भक्तपुरमा ६०, ललितपुरमा १२४ र काठमाडौंमा ३७९ गरी उपत्यकामा ५६३ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा आइतबारको तुलनामा सोमबार संक्रमित हुनेको संख्या केही बढी हो ।

    नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३५ लाख ८४ हजार ३१७ वटा नमुना परीक्षणमा ६ लाख ८५ हजार ३६१ जना संक्रमित भएका छन् ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २२११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२११ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.६ प्रतिशत हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,२४८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ६९० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २२ हजार ९९८ र संस्थागत आइसोलेशनमा २,६९२ जना रहेका छन् ।

    त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५७१ र भेन्टिलेटरमा १८० जनाको उपचार भइरहेको छ । आइतबारको तुलनामा सोमबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही घटेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु