• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    शरिरमा पानीको मात्रा कम हुँदा पिसावमा सङ्क्रमण देखिन्छ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०६:४३

    डा सुरेन्द्र विक्रम अधिकारी
    मुत्ररोग विशेषज्ञ
    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

    पानी मानव जिवनमा अत्यावश्यक वस्तु हो । पानी विना हामी बाँच्न सक्दैनौ । शरिरमा पानीको मात्रा कम हुँदा पिसाव पोल्ने समस्या हुन्छ । पछिल्लो समय पिसाव पोल्ने रोगका कारण अस्पताल आउने विरामीको संख्यामा वृद्धि हुँदै गएको छ । मुत्र रक्तश्राव हुने, मुत्रथैलीमा पत्थरी जम्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुइने, मुत्रथैलीले लचकता गुमाएर मुत्र बाहिनी नली तथा मिर्गौला फुले तथा मिर्गौलाको कार्य क्षमता ह्रास भएर आउने, पिसाव पुरा रोकिने र पुरुष क्याथेटर लगाएर मुत्र निकास गर्न बाध्य हुनेलगायतका लक्षण हुने गर्दछन् । मुत्रथैलीमा थुप्रै पिसाब बाँकी रहने, खास गरेर मधुमेह हुने पुरुषले समयमा उपचार नपाए थैलीले आफ्नो लचकता पूरै गुमाउन सक्छ । यस्तो भएमा दुवै मिर्गौला फुल्ने र मिर्गौला फेल हुने हुन्छ ।

    पिसाव पोलेसँगै विरामीलाई ज्वरोको लक्षण देखा पर्छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको प्रमुख लक्षण ज्वरो आउनु पनि एक हो । यसका अलावा घाँटी दुख्ने, रुघाखोकी लाग्ने, शरिर कमजोर बनाउने, स्वाद एवम् गन्ध थाहा नहुनु पनि कोरोना संक्रमणका लक्षण हुन् । पिसावको संक्रमणका कारण ज्वरो आउने लक्षण देखिएपनि कतिपय विरामीहरु कोरोना संक्रमणका कारण ज्वरो आएको भन्दै अस्पताल जान मान्दैनन् । ज्वरो के कारणले आएको हो भन्ने बारेमा पहिले त विरामी स्पष्ट हुनु जरुरी छ । पिसाव संक्रमणका कारण ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई भने पोष्टेट ग्रन्थी बढेर समस्या देखिने गरेको पाईन्छ । उमेरअनुसार पुरुषमा पोस्टेट ग्रन्थी बढ्दै जाने भएकाले पसाव फेर्न समस्या हुने गरेको पाईन्छ । पोस्टेट ग्रन्थी बढ्न नदिन प्रशस्त मात्रामा पानी पिउनु पर्दछ । पिसाव संक्रमणको समस्या हुन नदिन २४ घण्टामा दुई लिटर पिसाव आउने गरी पानी पिउनुपर्ने हुन्छ ।

    यस्तै, शरिरमा पानीको मात्रा कम हुँदा शरिरमा पत्थरी हुने सम्भावना रहन्छ । पानीको मात्रा कम हुँदा युरिक एसिडसमेत हुन्छ । किड्नीबाट ढुङ्गा बनेर पत्थरी हुने गर्दछ । पत्थरी भएका व्यक्तिको शरिरमा रहेको ढुङ्गा निकाल्न अहिले नयाँ किसिमको सर्जरीको व्यवस्था गरिएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अहिले रेष्ट्रो ग्रेड इन्टारेनल सर्जरीमार्फत विरामीको पेटमा भएको ढुङ्गा निकाल्दै आएको छ । उक्त सर्जरी विरामीलाई घाउ नबानाई गर्ने प्रक्रिया हो । उक्त सर्जरी रेजरको माध्यामबाट गरिन्छ । पिसावसम्बन्धि रोग ज्यादै कडा रोग हो । प्रोस्टेट वा पिसाव सम्बन्धी रोगका विरामी मुत्र लक्षणबाट मुक्त हुनका लागि पीडित पुरुषले चिकित्सककहाँ जानुपर्छ । मुत्र रोगले धेरै च्याप्दै गयो भने भयानक दुःख दिने गर्दछ । यसबाट मुक्ति पाउनका लागि रोग लुकाएर बस्ने होइन समयमा नै चेकजाँच गर्नुपर्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु