दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २३ गते, बुधबार ७:३७

काठमाडौं,असार २३ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२९ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ११२ पुगेको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ८४ पुगेको छ ।

खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनमा पनि मूल्यवृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासमा २५ रुपैया मूल्यवृद्धि गरि विक्री मुल्य १४२५ बनाइएको छ ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा सात रुपियाँ ४५ पैसा, डिजेलमा चार रुपियाँ ३५ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ३१९ रुपियाँ ३२ पैसा घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु