पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानी समितिकी विदेश विभाग प्रमुख शेरी रेहमान बीच भेट भेटवार्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २३ गते, बुधबार ०९:४२

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी समितिकी विदेश विभाग प्रमुख शेरी रेहमानबीच इस्लामावादमा भेटवार्ता भएको छ ।

भेटवार्ताको दौरान नेपाल–पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहयोगको विषयमा कुराकानी भएको नेपाली राजदूत अधिकारीले जनाएका छन् । भेटवार्तामा दुवै पक्षले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुद बनाउने प्रतिबद्धता जनाएका थिए ।

भेटमा संसदीय भ्रमण, व्यापार, पर्यटन, लगानी, संस्कृति र जनताहरुबीच भ्रमण गराउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।
भेटमा रेहमानले आफूले नेपाल भ्रमणका बेला गरेको अनुभव पनि सुनाउनु भएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु