हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ असार २०७८, शनिबार १५:०४

    काठमाडौ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार भइरहेको छ। दुर्घटनामा परेर तीन वर्षदेखि थला परेकी घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताए।

    नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन्। नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाएको जनाएको छ।

    कलाकार निशा घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भएको थियो। रक्तश्रावका कारण श्वास फेर्न कठिनाइ भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो। आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको थियो, फलस्वरुप असार २१ गते भेन्टिलेटरमा राखिएकी कलाकार घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको थियो। हाल उनी आफैले श्वास फेरिरहेकी छिन् र गालाको भित्री भागमा टोकिएर बनेको घाउसमेत निको हुने क्रममा रहेको छ।

    बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकहरुले जनाएका छन्। हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु