प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण १ गते, शुक्रबार ०६:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

आज बिहान ९:५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन्।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान देउवा सरकारी निवास सर्न लागेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु