आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • आज साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति पर्व

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १०:४८

    काठमाडौं, साउन १ । आज साउन १ गते साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

    सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्ति रुपमा मनाउने प्राचिन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुने बताइन्छ ।

    माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् ।

    त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

    साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु