खोप अभियान स्थगन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण १ गते, शुक्रबार १६:५४

१ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभियान स्थगन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ गतेको निर्णय अनुसार असार २९ गतेदेखि भेरोसेल खोप अभियान सुरु गरिएकोमा मौजुदा खोप सकिएकोले काठमाडौ जिल्लामा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु