दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोनापीडित कुँवर अरुको लागि काम गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ३ गते, आईतवार १०:१७

काठमाडौं । कोरोना लागेर केही दिन थला परेका वाफल काठमाडौका समाजसेवी ताराबहादुर कुँवर थाकेका छैनन् । उनले शनिवार रक्तदान अभियान चलाए । उनले आफूलाई जस्तो अरुलाई समस्या नपरोस् भनेर विभिन्न समयमा सामाजिक अभियान चलाएको बताउँछन् ।
५० पाउण्ड रगत संकलन गर्ने लक्ष्य लिएका उनको अभियानमा झण्डै ७० जना रक्तदानको लागि तयार भए पनि २६ पाउण्ड रगतमात्र संकलन भएको थियो । ‘रक्तदान गर्न त धेरै मानिस आएका थिए तर कसैको के मिलेन, कसैले दिन मिलेन सोचेभन्दा कम भयो’ उनले भने ‘हाम्रो अभियानमा देखिएको उत्साहचाहिँ गजव लाग्छ, सामाजिक अभियान भएकाले कसैले पनि सहयोग गर्दिन भन्दैनन् ।’

कुँवर प्रमुख रहेको हजुरलाई नमस्ते परोपकारी अभियानको नेतृत्वमा लाइन्स क्लव अफ काठमाडौं धौलागिरी, रोटरी क्लव अफ त्रिपुरेश्वर, लाइन्स क्लव अफ काठमाडौ सोसियल फ्रेन्डले पनि सहकार्य गरेका थिए ।
उनी लकडाउनमा पनि निरन्तर समाजसेवामा लागिरहे । झण्डै २५ सय जनालाई उनले राहतस्वरुप चामल, दाल, साबुन, चिनी, तेल, नुनलगायतका सामग्रीका साथै स्वास्थ्य सामग्री पनि बाँडे । ‘म कोरोना संक्रमित भएँ, केही समय घरमै बसे, अलिकति ठिक भएपछि मन मानेन र फेरि सक्रिय भएँ’ उनले भने ‘समाजसेवाबाट नै मनमा शान्ति मिल्ने भएकाले निरन्तर लागिरहेको छु ।’ उनले गत वर्षदेखि भएको लकडाउनबाट नै रक्तदान गर्दै र गराउँदै आएका छन् । उनले कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुँदा विभिन्न ठाउँमा लुकाएर राखिएका अक्सिजन सिलिण्डर पनि खोजेर बिरामीलाई र अस्पताललाई दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु