३ साउन, काठमाडौं । नेपालमा आज १८०१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,६२८ पिसीआर र ३००० ऐन्टिजेन गरी ९,६२८ वटा नमुना परीक्षणमा १८०१ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, ललितपुरमा ६४ जना र काठमाडौंमा २३४ जना गरी उपत्यकामा आज ३३४ जना संक्रमित थपिएका छन् । शनिवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही कमी हो ।
नेपालमा हालसम्म ३४ लाख ६९ हजार ६८५ पिसीआर र ऐन्टिजेन विधिबार गरिएको २ लाख ६२ हजार ८३१ विधिबाट गरिएको ३७ लाख ३२ हजार ५१६ नमुना परीक्षणमा हालसम्म ७ लाख १६ हजार १९ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १६६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६६७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,५५० पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ४८५ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २२ हजार ८३४ र संस्थागत आइसोलेशनमा २,६५१ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५६१ र भेन्टिलेटरमा १६५ जनाको उपचार भइरहेको छ । शनिवारको तुलनामा आइतवार आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या केही घटेको छ ।