काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।
प्रतिनिधिसभाबाट हिजो (आइतबार) विश्वासको मत प्राप्त गरेपछि पाकिस्तानका प्रधानमन्त्री खानले समकक्षी देउवालाई बधाई दिएका हुन् । खानले देउवाको कार्यकालमा नेपाल र पाकिस्तानबीचको सम्वन्ध अझ मजबुत बनदै जाने अपेक्षा गरेका छन् ।
बधाई दिँदै खानले ट्वीटरमा लेखेका छन्, ’प्रतिनिधिसभाबाट विश्वासको मत जितेका देउवालाई बधाई दिन चाहन्छु । मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन र आपसी हितका मुद्दामा मिलेर अघि बढ्ने पाकिस्तानको अपेक्षा छ ।’