• हेर्नुस् के छ आज देशभरिको मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०९:३१

    ५ साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी,लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    त्यस्तै आज सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राति पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै आज महाकाली, कर्णाली, नारायणी, कोशी र यिनका सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन बाढी पूर्वानुमान महशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु