• एमिललाई तीन स्वर्ण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १९:०८

    काठमाडौं, साउन, ५ गते ।
    नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेश्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका छन् । त्यसका अलावा एमिलका खेलाडी समान १–१ रजत र कांस्य पनि जिते ।
    पुरुष यु–१० मा एड्रिम राई र यु–९ मा कर्मा तामाङ तथा महिला यु–७ मा विशेषता रन्जितले स्वर्ण चुमे । पुरुष यु–९ मा आराध्यादेव अछामीले रजत तथा यु–१३ ब्ल्याकवेल्टमा स्वरुप बायुङ राईले रजत हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जनाएका छन् । प्रतियोगितामा राईले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।
    प्रतियोगितामा एमिलबाट ५ खेलाडी सहभागी भएको पाँचैले पदक हात पार्न सपफल भएका हुन् । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।

    मुवाँथाईको सम्पर्क मञ्च विस्तार
    नेपाल राष्ट्रिय मुवाथाई संघले थप दुई राष्ट्रमा सम्पर्क मञ्च विस्तार गरेको छ । साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
    सुरज कार्की र तेजबहादुर लामाको अध्यक्षतामा क्रमशः नेपाल–बेलायत र नेपाल–जापान मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । दुवै पूर्व खेलाडी हुन् ।
    यसअघि नेपाल–अस्ट्रेलिया तथा नेपाल–अमेरिका मुवाथाई सम्पर्क मञ्च गठन गरिएको थियो । अस्ट्रेलियामा प्रफुल श्रेष्ठ तथा अमेरिकामा मनीष थापालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु