• कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १९:३०

    काठमाडौं, ५ साउन । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्डको यस्तो निर्णय गरेको छ । परीक्षा भने होम सेन्टरमा हुने भएको छ ।

    साउन ३१ गतेदेखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोभिड महामारीको कारण कक्षा १२ को परीक्षा प्रभावित बन्दै आएको थियो । परीक्षा गत जेठमै हुनुपर्ने कार्यतालिका थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु