“बुढा बुढी नाचम” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ६ गते, बुधबार ०६:४०

काठमाडौँ – कोरोना महामारीबाट विस्तारै पार पाउन लागेका बेला तिजको रमझम सुरु हुन लागेको छ । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् । त्यसैक्रमा तरङ्ग डिजिटलको प्रस्तुतीमा तिज गीत “बुढा बुढी नाचम” बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोमा टिकटकदेखि उदाएका कलाकार रमेश खनाल र कविता न्यौपानेको निकै नै राम्रो अभिनय रहेको छ । समय सान्दर्भिक सन्देश मुलक रहेको उक्त गीतमा गायक जय देवकोटा र गायिका सोनम मगरको आवाज रहेको छ ।

जय देबकोटा अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा मदन खड्काको निर्देशन रहेको छ भने अविनाश डिसीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु