• बकर इदको अवसरमा आज सार्वजनिक बिदा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०६:४५

    काठमाडौं, साउन ६ । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

    गृह मन्त्रालयद्वारा मंगलबार जारी सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

    मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु