• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    अभिनेता सुरज आरडीलाई मातृशोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार २०:३२

    काठमाडौँ। यो साता दुई कलाकारलाई मातृशोक परेको छ। एक जना हुन् अभिनेता सुरज आरडी र अर्का हुन् खिन्ते काका अर्थात लक्ष्मण चौलागाईं।

    अभिनेता सुरजकि आमा नन्दकला रामदामको ७६ वर्षको उमेरमा सोमबार कुश्मा,पर्वत स्थित आफ्नै घरमा देहावसान भएको छ। पित्त थैलीमा भएको क्यान्सरका कारण सुरजकी आमाको निधन भएको हो। सुरजकी आमाको मंगलबार दाहसंस्कार समेत भैसकेको छ।

    यस्तै,थुप्रै चलचित्र एवं टेलिसिरियलमा अभिनय गरेका कलाकार लक्ष्मण चौलागाईं (खिन्ते काका) कि आमा सीतामाइ चौलागाईंको पनि मंगलबार देहावसान भएको छ। ७५ बर्षकि सितामाइलाई पक्षघात भएको थियो। सीतामाइको राजधानीको ब्ल्युक्रश अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

    सुरज आरडी र लक्ष्मण चौलागाईं कि आमालाई हार्दिक श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारलाई हाम्रो अनलाइन परिवारको तर्फबाट हार्दिक समवेदना।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु