आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्य सहित ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ११:३९

    काठमाडौं -कार्पेट, स्प्रिङ म्यार्टेस, क्वेयर म्यार्टेस, इपीई फर्म, ननओभन कार्पेट उत्पादन गर्दै आएको हेरिटेज ग्रुपले ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको छ । ग्रुपले बुधबारदेखि चिया उद्योग सञ्चालनमा ल्याएको हो । झापामा १५० विगाहा क्षेत्रफलमा चिया बगान सञ्चालन गर्दै आएका नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवम् हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले उक्त चिया उद्योग सञ्चालनमा ल्याएका हुन् ।

    उद्योगबाट तत्कालका लागि सीटीसी चिया मात्रै उत्पादन हुने र केही समयभित्रै अर्थोडक्स टी समेत उत्पादन गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष ढकालले जानकारी दिए। उक्त उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको हेरिटेज ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकालले जानकारी दिदै भने ‘विश्व बजारमा समेत गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यअनुरुप उद्योग सञ्चालनमा ल्याइएको र उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने तयारी हाम्रो छ’।

    उद्योग सञ्चालनमा ल्याएसँगै उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन थप १५० विगाहमा रहेको अन्य चिया बगानहरुसँग पनि सहकार्य र साझेदारी गरेको ढकालले जानकारी समेत दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु