• मानव सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई भोजन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १६:२३

    भरतपुर -सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स क्लव अफ लालीगुराँस नारायणगढले चितवन मानव सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई भोजन खुवाउन कार्यक्रम सम्पन्न गरेको छ ।
    लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई भोजन खुवाउने कार्यक्रममा रिजन चियर पर्सन बिनिता नेपाल प्रमुख अतिथि रहनुभएको थियो ।
    कार्यक्रममा लायन वर्ष २०१९–२०२० की अध्यक्ष हिरा श्रेष्ठ, आश्रमकी सचिव देवी आचार्य, कोषाध्यक्ष मञ्जु पौडेल, लायन दिपिका खड्कीलगायतको उपस्थिति रहेको थियो ।
    आश्रममा आश्रित करीब ५० जना सहयोगापेक्षीहरुलाई खाना खुवाइएको लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।
    सामाजिक सेवामा काम गर्ने उद्देश्य अनुरुप मानव सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई भोजन खुवाउने कार्यक्रम राखिएको लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका अन्य पदाधिकारी एवं सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
    मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लवले खासगरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु