• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १७:०२

    काठमाडौं, ७ साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् । २४ घन्टामा १२ हजार ८ सय २९ जनामा गरिएको परीक्षणमा १८ सय ३५ जना पिसीआर विधिबाट र ८ सय ५९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु