दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अनु रआकाश फिचर्ड ‘ऐना हेरी हेरी’ सार्वजनिक (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ८ गते, शुक्रबार १६:५५

काठमाडौं– ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको छ। भीम बिसीले संगीतवद्द गरेको यस गीतमा पत्रकार शिवराज योगीको शब्द रहेको छ। विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।

वियोगान्त कथामा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अप्ठ्यारो अवस्थालाई झल्काइएको छ । भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्।

सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो। निर्मात्री अधिकारी खेलाडी र मोडल समेत हुन्। हाल जापानमा रहेकी निर्मात्री अधिकारीले आफ्नो पहिलो प्रोजेक्टलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु