• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    काठमाडौं महानगरले थाल्यो आकाशे पानी संकलन र पानी पुनर्भरण अभियान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १७:०१

    काठमाडौं,८ साउन । देशको राजधानीलाई पानी संकटमुक्त पारी पर्याप्त पानी उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन र पानी पुर्नभरण अभियान सञ्चालन गरेको छ ।

    खानेपानी तथा सरसफाईको क्षेत्रमा उपलब्ध ज्ञान,सीप,प्रविधि र अनुभवलाई उपयोगमा ल्याएर नेपालीहरुलाई सहज रुपमा स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले स्थापित स्मार्ट वास सोलुसन्सले स्मार्ट पानी र काठमाडौं महानगरपालिकाको सहकार्यमा हालै(बुधबार)आयोजना गरेको बर्षातको पानी संकलनका मुद्दा, चुनौती र आगामी मार्ग विषयक वेबिनारमा काठमाडौं नगर आयोगका सहविज्ञ जयश्री राजभण्डारीले सो जानकारी दिनुभएको हो ।
    उहाँले राजधानीमा ल्याइएको मेलम्चीको पानीले पनि यहाँको माग नधान्ने बताउदै भन्नुभयो,“अहिले नै काठमाडौंमा खानेपानीको माग दैनिक ४५ करोड लिटर जति छ ।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ । यसको आपूर्तिको लागि वैकल्पिक स्रोत खोज्नै पर्दछ ।”

    उहाँले काठमाडौं उपत्यकामा साना ठूला खोला र नदीहरु प्रशस्त रहेको र परम्परागत पानीको स्रोत मानिएका ढुंगेधारा,कुवा,इनारका साथै भूमिगत पानीको उपयोगबाट त्यस्तो अभाव पूर्ति गर्नुपर्ने अवस्था रहेकोले बर्षातको पानीको उपयोग र पुनर्भरण गर्ने अभियान थालिएको बताउनुभयो ।

    उहाँले पानीको वर्तमान तथा भावि संकटलाई दृष्टिगत गरेर महानगरले २०७६।७७ देखि काठमाडौं पुनर्भरण अभियान सुरु गरेको पनि जानकारी दिनुभयो ।

    यस अभियान अन्तरगत गोंगबू रानीबारी पुनर्भरण आयोजना सम्पन्न भैसकेको छ भने स्वयम्भू भुईखेलको पोखरी पुनस्थापना गरिएको छ । त्यस्तै राजधानीको मध्यभागमा रहेका कमलपोखरी मर्मत र पुनःस्थापनाको काम हुँदैछ भने रानी पोखरी मर्मत पूरा भएको छ । नारायणहिटीको दक्षिणमा रहेको हिटी पोखरी र पूर्वतर्फ रहेको नक्सालको नागपोखरी पनि संरक्षण थालिएको छ ।

    यो पुनर्भरण आयोजना अन्तरगत कमल पोखरीलाई बर्षातको भलबाढीको पानीलाई छानेर पोखरीमा जम्मा गर्ने विधि अपनाइएको छ ।

    महानगरपालिकाले पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी,बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यू चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमूना पार्क र टुँडालदेवी पार्कको विकास र संरक्षणको कार्य थालेको पनि उहाँले बताउनुभयो ।

    महानगरपालिकाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी संकलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

    महानगरले पानी पुनर्भरणका कार्यक्रम सञ्चालन गर्न पुराना ढुंगेधाराहरुको स्थान अवलोकन, मर्मत संभारको कार्य पनि थालेको छ । महानगरभित्र रहेका १ सय ५६ यस्ता धाराहरुमध्ये ५७ मासिएका पाइए भने ९९ वटा भेटिएका छन् । भेटिएका मध्ये ४ वटामा पाइपको पानी पठाएर र १४ वटामा पानी ट्यांकी राखेर सञ्चालनमा ल्याइएको छ ।

    महानगरले खानेपानीको स्रोत संरक्षणको लागि पुनर्भरण इनारको स्थापना, पानी बगैचा(वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको उपयोग गर्दै आएको छ ।

    महानगरले पुनर्भरण कार्यक्रम सञ्चालनका लागि आफ्नो क्षेत्रभित्र भएका खानेपानी ट्वीवेल,ह्याण्ड पम्प, निजी तथा सार्वजनिक इनार र ढुंगेधारा तथा सार्वजनिक स्थानहरुको नक्सांकन पनि गरिरहेको छ ।
    चेन्नाईको अनुभव

    कार्यक्रममा भारतको तामिलनाडुको चेन्नईको बर्षा केन्द्र(रेन सेन्टर)का डा. शेखर राघवनले बर्षातको पानीलाई घरको छतमार्फत संकलन गर्ने र सतहमा परेपछि बग्ने क्षेत्रमा समुचित प्रविधिको माध्यमबाट संकलन गरी तात्कालिक र दीर्घकालिक आवश्यकता आपूर्ति गर्न सकिने बताउनुभयो ।

    उहाँले बर्षाको पानीलाई ताजा पानीको स्रोत बताउदै बर्षमा दुईदेखि तीन महिना पर्ने पानीको संकलन र भण्डारणबाट बाँकी ९ देखि १० महिनाको आवश्यकता पूरा गर्न सकिने बताउनुभयो ।

    पानीको पहिलो दर्कोले धुलो मैलो पखाल्ने भएकोले त्यस्तो पानीलाई ड्रेनपाइपको अर्कोतिर संकलन हुनेगरी पछि परेको पानी त्यसमाथिबाट समानान्तर पाइपबाट ट्यांकीमा जान मिल्ने गरी संकलन गर्न सकिने बताउनुभयो । समुचित तरिकाले पानी संकलन गर्दा दैनिक उपयोगमा आउने एउटै इनारमा बर्षाको पानी सीधै खसालेर उपयोग गर्न पनि सकिने उहाँले बताउनुभयो ।

    उहाँले सार्वजनिक ठाँउहरुमा बर्षातमा परेको पानी जम्मा गरेर पुनर्भरण गर्ने इनार खनेर शहरहरुलाई भूमिगत पानी तानेर हुने सुख्खापनबाट जोगाउन सकिने बताउनुभयो । उहाँले यसका लागि इनार,पोखरी,वाटर गार्डेन र पाइप रिचार्ज प्रणालीको स्थापना उपयुक्त हुने बताउनुभयो ।

    उहाँले चेन्नाईमा भवन निर्माणका लागि बर्षातको पानी संकलनको प्रावधान अनिवार्य गरिएको भएपनि प्रोत्साहनको रुपमा कुनै अनुदान नदिएको बताउनुभयो । अनुदानले भ्रष्टाचार निम्त्याउने उहाँको कथन थियो ।
    विद्यालय र अस्पतालमा अपरिहार्य

    कार्यक्रममा स्मार्ट पानीका अनिशा कर्णले नेपालमा बर्षातको समयमा पर्याप्त पानी पर्ने भएकोले सो पानी संकलन गरेर हिउँदको सुख्खा याममा उपयोग गर्न सकिने प्रशस्त संभावना रहेको बताउनुभयो ।

    उहाँले नेपालका २९ जिल्लाहरुमा आफ्नो संस्थाले आकाशे पानीको संकलन,प्रशोधन र उपयोगिताको कार्यक्रम सञ्चालन गरेको पनि बताउनु भयो । खासगरी सार्वजनिक विद्यालय र अस्पतालहरुमा वर्षाको पानी संकलन र उपयोग अपरिहार्य रहेकोले सरकारी स्तरमा ती संस्थामा यसलाई प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा त्रिचन्द्र क्याम्पस युथ रेडक्रस सर्कलकी सपना रेग्मीले त्रिचन्द्र क्याम्पसको बर्षातको पानी संकलनबाट रानीपोखरीमा भएको पानी पुनर्भरण कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले यो अनुभव अन्यत्र पनि उपयोग गर्न सकिने दावी गर्नुभयो ।

    कार्यक्रममा पूर्वसचिव ई.किशोर थापाले प्रस्तुत भएका कार्यपत्रमाथि टिप्पणी गर्दै प्रकृतिले सबैलाई पानी उपलब्ध गराएको तर त्यसको व्यवस्थापन गर्न नजान्दा बर्षामा बाढी पहिरो र हिउँदमा खानेपानीको समेत अभाव हुने गरेको बताउनुभयो ।
    उहाँले पोखरी,तलाउ,चेक ड्याम, गहिरो इनार र छिद्रयुक्त(पोरस) पाइपको माध्यमबाट पानीको पुनर्भरण गरेर सतह र जमिनमुनिको पानीको पुनर्भरण गर्न सकिने बताउनुभयो ।

    पूर्वसचिव थापाले पानीको समुचित व्यवस्थापनको लागि बृक्षारोपण र सिंचाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बर्षातको पानी संकलन र उपयोगितालाई ढल निकास र प्रशोधनसम्म जोड्न पनि आग्रह गर्नुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै पूर्वमन्त्री गणेश साहले प्रकृतिले सित्तैमा दिएको स्वच्छ पानीको उपयोग गर्न नजानेर नेपालका धेरै स्थानमा पानीको संकट आएको बताउनुभयो । उहाँले सित्तैमा पाइने यो अमूल्य स्रोतको उपयोग गरेर लाभ लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले आकाशबाट आएको पानी एकथोपा पनि खेर जान दिन नहुने बताउनुभयो ।

    उहाँले बर्षातको पानी व्यवस्थापनले नेपाल र भारत दुवैलाई बाढी नियन्त्रणको फाइदा पुग्ने पनि बताउनुभयो ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माको सहजीकरणमा भएको वेबिनारको सञ्चालन स्मार्ट वासकी निर्देशक गिरिजा दाहालले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु