• नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।हेर्नुहोस् आज मिति २०७९ साउन २३ गते, साेमवारको राशिफलपर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएआईतवार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमारुविका र दिनेश वर्षका उत्कृष्टरिङ्ग रेस्लिङ्गको अन्तराष्ट्रिय तालिम हुनेनागरिकता विद्येयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई नागरिकता अध्ययन कार्यदलको आग्रह, बुझायो ज्ञापनपत्रहेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउनेनेकोसको मुख्य आयोजनामा सेन्ट जोन्स स्कुल बुढानिलकण्ठ नगरपालिका ८ मा निःशुल्क स्वास्थ्य शिविर सपन्न

    जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १८:२९

    कालिकोट, ८ साउन । जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान भएको छ । अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक बहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटअनुसार अस्पतालले उक्त प्लान्ट जडान गरेको जानकारी दिए ।

    अक्सिजन प्लान्ट जडानपछि अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले अबदेखि अक्सिजनको अभाव नहुने बताए । उनले भने,‘हिजो दिनसम्म यहाँ अक्सिजनको अभाव थियो । हामी ग्याँस भर्न नेपालगन्ज जानुपर्दथ्यो । त्यहाँ जाँदापनि तुरुन्तै पाउँदैन थियो, धेरै समय कुर्नुपर्दथ्यो । अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं, यो हाम्रो लागि खुशीको कुरा हो । अब अक्सिजन अभावको कारण यहाँका जनताले कुनै हैरानी र सास्ती व्यहोर्नुपर्दैन् । हाम्रो अस्पताललाई त सजिलो भयो, यसले दैलेख, अछाम, मुगु, बाजुरा, कालिकोट, जुम्ला, हुम्लासम्मलाई अक्सिजन फिलिङ गर्न सहयोग पुग्छ ।’

    अक्सिजन जडानले कालिकोटका नागरिकको जीवन रक्षाको सहयोग पुगेको भन्दै उनले यसकोलागि विशेष पहल गरिदिने र बजेट छुट्टयाईदिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विशेष धन्यवादसमेत ज्ञापन गरेका छन् । उनले भने,‘उहाँको विशेष सहयोगबाट हामी यो प्लान्ट जडान गर्न सफल भएका छौं । यसको लागि माननीय मुख्यमन्त्रीज्यूलाई कालिकोटका जनताको तर्फबाट पनि विशेष धन्यवाद भन्न चाहन्छु ।’

    जडान कार्यक्रममा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण शाही र लेखा अधिकृत मुनबहादुर रावलले पनि सबैको सकारात्मक सहयोग र योगदानका कारण अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सफल भएको बताएका छन् । र, आगामी दिनमा अस्पतालमा अब अक्सिजनको अभाव नहुने पनि उनीहरुको विश्वास छ । उनीहरुले यसको लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मन्त्रालयका सचीव, सामाजिक विकास मन्त्रालय, निर्देशक, स्वास्थ्य सेवा निर्देशनालयलगायत सहयोग गर्ने सबै ब्यक्ति तथा संघ÷संस्थाप्रति हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।

    जिल्ला अस्पताल कालिकोट चौरमा दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त विद्युत आपूर्तिको आवश्यक भएकोले सोको लागि नियमित विद्युत आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा महतले आग्रह गरेका छन् ।

    अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी मुनरक ईन्टरनेश्नल प्रा.ली.का प्रवन्ध निर्देशक ई. प्रशान्त झाले सबैको साथ र सहयोगले अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै यसमा साथ र सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु