साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १७:२०

९ साउन,काठमाडौँ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४ औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुने उनले बताए । कांग्रेस क्रियाशील सदस्यताको सुचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो ।

अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो । पाटी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा केन्दीय महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो ।

गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

संशोधित कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँनगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भदौ १ र २ गते का लागि निर्धारण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु