• हेर्नुस् के छ देशभर को मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १४:१०

    १० साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका ७ प्रदेश मध्ये ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु