११ साउन, काठमाडौं । नेपालमा आज ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,२४० पिसीआर र ५०३२ ऐन्टिजेन गरी १७ हजार २७२ वटा नमुना परीक्षणमा ३,४२१ जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ ।
काठमाडौंमा ६७७,ललितपुरमा १९७ र भक्तपुरमा १२५ गरी उपत्यकामा आज उपत्यकामा ९९९ नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको पाइएको छ ।
नेपालमा हालसम्म ३५ लाख ५१ हजार ३२३ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ९४ हजार ७६१ गरी ३८ लाख ४६ हजार ८४ नमुना परीक्षणमा हालसम्म ७ लाख ३९ हजार २३ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १६६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६६८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २५ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,७३८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल २७ हजार ९०८ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २५ हजार ९३ र संस्थागत आइसोलेशनमा २,८१५ जना रहेका छन् ।