एनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ११ गते, सोमबार १७:३०

युएई / गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान कार्यसमितिमा कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका सिलवालले संघको आगामी कार्यकाल २०२१–०२३ का लागि लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । संघको अधिवेशन ३० जुलाइमा हुँदैछ ।

उनले आफ्नो चुनावी एजेण्डामा युएईमा रहेका नेपालि कामदार र सुरक्षित वैदेशिक रोजगारीलाई प्राथिमकतामा राखेका छन । सिलवालले युएईमा रहेका लाखौ श्रमिकको प्रतिनिधित्व गर्दै आफुले उम्मेद्वारि घोसणा गरेको बताए । उनले आफु अहिले पनि कार्यबाहक अध्यक्ष भएकाले नियमले पनि अध्यक्षमा आफ्नै पालो भएकाले सर्बसम्मत बनाई सहयोग गर्न युएईमा रहेका सबै सङ्घ सन्स्था र एनआरएनए अभियन्तालाई अनुरोध गरेका छन ।

हुनत युएईमा रहेको राजनितिक सम्यन्त्र लगाएत धेरै सङ्घ सन्स्थाहरुले अब अध्यक्षको पालो सिलवालकै भएकाले उनलाई नै समर्थन गरेका छन तेसैले अध्यक्षमा निर्बाचन नै भए पनि सिलवालको पल्ला भारि रहेको छ । बिगतका केहि कार्यकालदेखि युएईमा राजनितिक सम्यन्त्रले बनाएको उम्मेद्वार नै सर्बसम्मत हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु