• डिपिएस नेपालले मनायाे प्रथम स्थापना दिवस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १६:४४

    काठमाडौ ।”अपाङ्गता सबैकाे साझा सवाल, बनाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ अपाङ्गता-अभिभावक समाज नेपाल (DPS-Nepal)काे “प्रथम स्थापना दिवस” आज भब्यताका साथ सम्पन्न भएकाे छ ।

    कार्यक्रमका प्रमुख अतिथि चन्द्रगिरि नगरपालिका का उपप्रमुख लिशा नकर्मीले चन्द्रगिरि नगरपालिकाे आर्थिक सहयाेगमा संस्थाकाे कार्यालय प्रयाेजनका लागि आवश्यक ल्यापटप र प्राेजेक्टर हस्तान्तरण गर्नु भएकाे थियाे । कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुदै उपप्रमुखले संस्थाले छाेटाे समयमै आफुलाई स्थापित गर्दै यहाँ सम्म आउन सफल हुनु भएकाेमा हार्दिक बधाई तथा सफलताकाे शुभकामना दिनु भएकाे थियाे । संस्थाले अगाडि सार्ने राम्रा कामका लागि मेराे ब्यक्तिगत र नगरपालिकाकाे सधै साथ सहयाेग रहने छ भन्दै संस्था दिगाेहाेस भन्ने शुभकामना समेत दिनु भएकाे थियाे । यस संस्थाले नगरपालिका स्तरिय सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरू अध्ययन गर्ने विद्यालय स्थापनाकाे याेजना अगाडि बढावाेस हामी नगरपालिकाकाे तर्फ बाट गर्नु पर्ने सबै खाले सहयाेग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।

    बिशेष अतिथि नगरपालिकाका सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठ ले शुभकामना मन्तब्यमा यस नगरपालिका भित्र बसाेवास गर्ने सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरूकाे अभिभावकत्व नगरपालिकाले लिरहेकाे र आगामि दिनमा पनि लिने छ भन्दै संस्थाकाे प्रगतिकाे शुभकामना समेत दिनु भएकाे थियाे । अतिथि सृजनशिल अपांग स्कुलका अध्यक्ष दुर्गा लम्साल र संस्थाका कानुनि सल्लाहकार गणेश प्रशाद शर्मा ले समेत संस्थाकाे प्रगतिकाे शुभकामना सहितकाे मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।

    कार्यक्रममा स्वागत तथा संस्थाकाे बारेमा संस्थाका अध्यक्ष टेक बहादुर बमले नगरपालिका अन्तर्गत बसाेवास गर्ने सबै प्रकारका अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरूलाई संस्थामा आवद्वता गर्ने र संस्थाले सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरू लाई अध्ययन गर्ने सुविधा सम्पन्न एक विद्यालय स्थापना गर्ने याेजना बनाएकाेले सराेकारवाला सबै पक्ष तथा निकाय संग आवश्यकता अनुसार सबै संग समन्वय गर्ने भएकाेले सहयाेगका लागि आशा राख्दै सबै लाई स्वागत गर्नु भएकाे थियाे । साथै हाल सम्म संस्थालाई सहयाेग गर्नुहुने चन्द्रगिरि नगरपाका कार्यालय, विभिन्न वडा कार्यालयहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू,अभिभावक, अपाङ्गता भएका ब्यक्ति तथा अन्य सहयाेगि हातहरू लाई धन्यवाद सहित संस्था सबैमा हार्दिक आभार प्रकट गर्दछौं भन्दै आगामि दिनमा पनि यस्तै सहयाेगकाे आशा गरेका छाै भन्नू भएकाे थियाे ।

    कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्य, अपाङ्गता भएका ब्यक्ति र उनका अभिभावकहरू काे उपस्थित रहेकाे थियाे । कार्यक्रम संचालन दृष्टिविहीन संस्थाका सदस्य सुमन धिमिरेले गर्नु भएकाे थियाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु