दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण १२ गते, मंगलवार २०:४३

काठमाडौ, मिस्टर एण्ड मिस एसईई नेपाल–२०२१’को उपाधि प्रिस्टिना तामाङ र आश्रय कार्कीले जितेका छन् । मिस्टर एण्ड मिस एसईईको ताजसंगै तामाङले मिस ट्यालेन्ट, पिपुल्स चोइस अवार्ड र कार्यक्रमको भोटिङ पार्टनर रहेको ग्लोबल अनलाइन पे मार्फत थाईल्यान्ड भ्रमणको टिकेट जितेकी हुन् । त्यसैगरी कार्कीले ताजसंगै मिस्टर भर्सटाएल र मिस्टर ट्यालेन्टको उपाधी हात पारे ।

२०२१ सालको एलएससी परीक्षा दिने विधार्थीहरु बीच कृयटिभ नेरो नेपालले सो प्रतियोगिता आयोजना गरेको थियो ।

राजधानीस्थित सम्पदा गार्डेन रिसोर्टमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि सुप्रीया भण्डारी र बिकेश श्रेष्ठले प्राप्त गरे । भण्डारीले मिस फोटोजेनिक र स्पोर्ट्स अवार्ड हात पारिन भने श्रेष्ठले मिस्टर पपुलरको अवार्ड हात पारे ।

सोस्तिका सोरेन र सम्मान वाग्लेले ‘सेकेन्ड रनर अप’, अंकिता नेपालले मिस एक्टिव र मिस पपुलरको अवार्डसंगै ग्लोवल अनलाइन पे को तर्फबाट थाईल्याण्ड भ्रमणको टिकेट प्राप्त गरिन ।

प्रतियोगितामा अन्य विधागत तर्फ भने ‘मिस्टर एक्टिव अवार्ड’ अभिषेक राजवंशीले, ‘मिस्टर डिसिपिलिन अवार्ड’ रितिक ठाकुरले, ‘मिस डिसिपिलिन अवार्ड’ रेशु गनेजुले प्राप्त गरिन । ।

एसईई परीक्षाको तयारीमा बसेका छात्राहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति सहित विभिन्न उदेश्यले यो प्रतियोगिता गर्दै आएको आयोजक संस्था क्रीयटिभ नेरो नेपालका अध्यक्ष जनक मगरले बताए । सो प्रतियोगिताको रोजिन शाक्यले कोरियोग्राफी गरेको थिए ।

प्रनिमा दाहालले संचालन गरेको सो प्रतियोगिताको निर्णायकमा सुशान्तकाजी श्रेष्ठ, रुविश्का श्रेष्ठ र अभिविन्द खनिया रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु