पछिल्लो घण्टामा देशैभरी ३,८४० जना कोरोनाका नयाँ संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १७:२६

१३ साउन, काठमाडौं । नेपालमा आज ३,८४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १०,८८६ पिसीआर र ४९२२ ऐन्टिजेन गरी १५ हजार ८०८ वटा नमुना परीक्षणमा ३,८४० जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ ।

काठमाडौंमा ५५९,ललितपुरमा २०६ र भक्तपुरमा ९४ गरी उपत्यकामा आज उपत्यकामा ८५९ नयाँ संक्रमित थपिएका छन् । मंगलवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या बढेकोे छ ।

नेपालमा हालसम्म ३५ लाख ७४ हजार ८६४ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३ लाख ४ हजार ५४६ गरी ३८ लाख ७९ हजार ४१० नमुना परीक्षणमा हालसम्म ७ लाख ४६ हजार ६५७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १,९९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १,९९३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,७७१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । नेपालमा हालसम्म २९ हजार ४४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

साउनयता संक्रमितको संख्या बढ्यो
नेपालमा साउन यता संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । दैनिक रुपमा सक्रिय संक्रमितहरुको संख्या बढ्दै गएको र यसलाई व्यवस्थापन गर्न गाह्रो हुने भएकाले तेस्रो लहर नआवोस् भन्नका लागि समयमै सबैले सचेत हुनुपर्ने र आ–आफ्नो ठाउँबाट तयारी गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु