श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

हेवनले दिलाईन नेपाल लाई प्रथम अन्तर्राष्ट्रिय उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १८:१७

काठमाडौ । बहिरा व्यक्तिहरुको सीप,क्षमता र कौशलताको प्रदर्शन गर्न आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्लाकी बहिरा युवती हेवन उपाध्याय प्रथम भएकी छिन् ।
भारतको जम्सेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ(मौनता सहितको जीवन)कार्यक्रममा विभिन्न देशका सहभागी बहिरा व्यक्ति मध्येमा उनी प्रथम भएकी हुन् ।

नेपालको तर्फबाट सहभागी भएकी हेवन प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरमै प्रथम भएर १० हजार पुरस्कार राशी पनि प्राप्त गरेकी छिन् ।
सन् २०२१ को कृयाकलाप अन्तर्गत कोभिड=१९ को कारण लकडाउन भएका बेला बहिरा व्यक्तिहरुले आ-आफ्नो समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनुपर्ने थियो । जसमा जेष्ठ नागरिकहरु, बालबालिकाहरु तथा अन्य अपांगता भएका व्यक्तिहरु साथ, सहयोग र समर्थनका लागि बहिरा व्यक्तिहरुले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो ।
त्यसै अनुरुप सहभागी हेवनले सोही कृयाकलाप अन्तर्गत रहेर एउटा लेख र २ मिनेटको जनचेतनामूलक भिडियो बनाएकी थिईन् ।
वातावरणको सरसफाई, खानेपानीको बचत तथा सरसफाई, जथाभावी फोहोर मैला नगर्ने जस्ता सकारात्मक सन्देश दिने जस्ता क्रियाकलापले बहिरा व्यक्तिहरुमा जनचेतना फैलाउन धेरै मद्दत गर्ने र उनीहरुलाई एक्लोपनका साथै अभिभावक नभएको महशुस नबनाउन यस कार्यक्रमको मुख्य उद्देश्य रहेको देखिन्छ ।

बहिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कार सहितको कार्यक्रम आयोजना गर्दै आएको छ ।
को हुन् हेवन ? हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीकी जेष्ठ सुपुत्री हुन् ।
कैलालीको धनगढीमा जन्मेकी उनीमा जन्मजातदेखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी थियो ।
उनीमा त्यस्तो समस्या देखिएपछि उनका बुवा र आमाले छोरा गनिने छोरी नगनिने समुदायको एउटा कुप्रथालाई तोड्नकै लागि पनि अर्को सन्तानको तयारी गरेनन् ।५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्साल स्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत् छिन् ।उमेरले २० पुगेकी हेवनमा शैक्षिक ज्ञान मात्रै नभई उनी बहुप्रतिभाले भरिपूर्ण छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु