श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १८:२८

काठमाडौं, १४ साउन । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

आज (बिहीबार) रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्मपनि नपाएको गुनासो गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरुको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पुर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पुर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँच बुँदे सहमति भएपनि हालसम्म आफूहरुले सम्पूर्ण भुक्तानी नपाएको गुनासो पोखे । सरकारको उदासिनताका कारण आफूहरु अन्यायमा परेको उनको भनाई छ ।

मिश्रले विगत तीन÷चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दापनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे । उनले अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको बताए । उनले उखु किसानहरुले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिएपनि यसबारेमा मन्त्रालयले चासो नदिएको आरोप लगाए ।

उखुकै पैसा माग्न सर्लाही जिल्लाका उखु उत्पादक किसान काठमाडौँ आएको मिश्रले बताए । उनले उखु बेचेरै धेरैले आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको भन्दै अहिले सबै किसानको आर्थिक अवस्था नाजुक भएको र व्यवहार बिग्रिएको पनि सुनाए ।

सरकारबाट पटक–पटक आश्वासन पाएपनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरु कोरोना महामारीको बावजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँ आएको मिश्रले बताए ।

उनले ३६ प्रतिशत रकम ब्याजमा लिएर अर्काको जग्गामा उखु खेती गर्नेहरुको उठिबास भएको सुनाए । उनले अघि थपे,‘निमुखा किसानहरुको बिजोग भएको छ ।’ केही दिनअघि एक किसानलाई बैंकले लिलामीको सुचना पठाएपछि चन्दा उठाएर काम सल्टाउँदा पनि मिलले किसानको पैसा नदिदा दुःख लागेको मिश्रले बताए ।

ऋण लिएर उखु खेती गरेका किसानहरु थप मारमा परेको उनको भनाई थियो । ‘किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?’–उनले भने । उनले भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको समेत स्मरण गराए । समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटक–पटक आन्दोलन गर्न बाध्य भएको उनले तितो यथार्थ सुनाए ।

विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ आएका हुन् । उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । किसानको भुक्तानी नदिने मिलहरुमा अन्नपूर्ण चिनी मिल धनकौल, महालक्ष्मी चिनी मिल बगदह, लुम्बिनी चिनी कारखाना नवलपरासी, ईन्दिरा सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहट रहेका छन् । यी मिलबाट सरकारले उखु किसानको लागि १५ करोड रुपैयाँ उठाईदिने कबुल गरेको भएपनि अहिलेसम्म एक रुपैयाँपनि नउठाईदिएको उनीहरुको गुनासो छ ।(समचार,तस्बिर रिपोर्टस क्लबबाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु